अमेरिकाको एक रेस्टुरेन्टमा गोली चल्दा २२ जनाको मृत्यु, ६० जना घाइते

बिहीबार, कात्तिक ९, २०८०
Honor 600 pro

काठमाडौं । अमेरिकाको एक रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चल्दा २२ जनाको मृत्यु भएको छ।

अमेरिकाको माइन राज्यको लेविस्टनस्थित रेस्टुरेन्टमा गए राति  अन्धाधुन्द गोली चल्दा २२ जनाको मृत्यु हुनुको साथै ६० जना घाइते भएका छन् । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा परिवार र साथीभाइसहित मानिसहरू उपस्थित हुँदा गोली चलेको थियो ।आक्रमणकारीलाई अझैसम्म प्रहरीले पक्राउ गरिसकेको छैन । 

रोबर्ट कार्ड नाम गरेका ती आक्रमणकारीको प्रहरीले सबै स्थानमा तस्बिर पठाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्