गाजाको एक अस्पतालमा रकेट आक्रमण, ५ सयको मृत्यु

बुधबार, कात्तिक १, २०८०
Honor 600 pro

काठमाडौं । इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्द जारी छ। उक्त युद्दकै क्रममा गाजाको एक अस्पतालमा रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको छ। 

उक्त रकेट आक्रमणमा गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा रहेका ५ सय प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

गए राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा रकेट आक्रमणमा त्यहाँ उपचार गराइरहेका र  आश्रय लिएर बसेका नागरिकहरूको ज्यान गएको  हो।

रकेट आक्रमणबाट अस्पताल पूर्णरुपमा भत्किएको छ।

हमासले उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएको छ। तर इजरायलले त्यस्तो घृणित कार्य इजरायल गर्म नसक्ने भन्दै त्यस्ता गलत कार्य हमासले नै गरेको इजरायलले बताएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्