एमाले त्यागेर प्रभु साहको पार्टीमा गएपछि रिनाको खोसियो मेयर पद

मंगलबार, असोज ३०, २०८०
honor mob  winter sales

रौतहट । रौतहटस्थित मौलापुर नगरपालिकाको मेयर पद गुमेको छ।

Honor x7 pad

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएकी रिनाकुमारी साहको पद गुनेको हो। मेयर साहले एमाले पार्टी त्याग  गरेपछि उनको मेयर पद गुमेको निर्वाचन आयोगले जनाएको छ।

मेयर साहले एमाले छाडेर आफ्ना पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेपछि उनको पद गुमेको निर्वाचन आयोगले जनाएको छ। उनले पार्टी त्याग गरेको जानकारी एमालेले आयोगलाई गराएपछि आयोगले उनको पद खोसेको हो। 

निर्वाचन आयोगले साहले दल त्याग गरेकाले उनको पद गुमेसँगै मौलापुर नगरपालिकाको मेयर पद रिक्त भएको सूचना निकालेको हो।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्