नेता झलनाथ खनाल चीन प्रस्थान

सोमबार, असोज २९, २०८०
honor mob  winter sales

काठमाडौं । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)मा सहभागी हुन   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन गएका छन्।

Honor x7 pad

नेता खनाल उनी गए राति नै चीन गएका हुन् । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा डा. युवराज सङ्ग्रौला पनि चीन गएका छन् । 

पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नेछन् । 

उनी अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्