कांग्रेस नेता राजु हमालले गरे आफ्नै निवासमा शुभकामना आदानप्रदान कार्यक्रम

शनिबार, असोज २७, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता राजकुमार पोखरेल हमाल (राजु हमाल) ले विजया दशमीका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । 

Honor x7 pad

नेपालगञ्ज- १८ कारकाँदोस्थित आफ्नै निवासमा हमालले आज वडाका कांग्रेस नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरेर नेता हमालले  शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । त्यस अवसरमा आपसमा परिचयसंगै शुभकामना साटासाट गरिएको थियो । 

केही बर्षदेखि नेपालगञ्जमै बस्दै आएका हमालले गृह जिल्ला दाङमा लामो समयदेखि राजनीति गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, कांग्रेस दाङका पूर्व जिल्ला सदस्य हमाल दाङ जिल्ला खेलकुद विकास समितिको बर्तमान अध्यक्ष समेत  रहेका उनी मिनेटखबर डटकमका सल्लाहकार पनि हुन्।

सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील हमालले आयोजना गरेको कार्यक्रममा वडा नम्बर १८ का नेता कार्यकर्तासंगै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेता राजकुमार बर्मा, राकेशबहादुर श्रीवास्तव, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, युनियन लुम्बिनी सदस्य गौरव गिरी,  डम्बरबहादुर गोल्डस्मिथ लगायत उपस्थित थिए ।

"सबै साथीभाई, नेता, शुभचिन्तकहरुसंग चिनजान, माया र सद्भाव साटासाट गर्ने उद्देश्ययले दसैंको पूर्व सन्ध्यामा आफ्नै निवासमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको हुँ, खासगरी मैले म बस्दै आएको वडाका साथीभाईलाई बोलाएको हुँ, सबैले हार्दिकतापूर्वक मेरो निम्तो स्विकार गरेर आइदिनुभएको छ, म खुसी छु," हमालले भने । 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्