कांग्रेस संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा

शनिबार, असोज २७, २०८०
honor mob  winter sales

विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्की नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। 

Honor x7 pad

केहीबेर अघि पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएका हुन्।  

पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भने- "मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो।  तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु।"

पत्रकार सम्मेलनमा नवनियुक्त मुख्यमन्त्री कार्कीलाई बधाई दिदै भोलि विश्वासको मत नपुगेको खण्डमा कांग्रेसले  पनि मत दिने थापाले बताए।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्