गठबन्धनलाई कमजोर हुन नदिने प्रचण्ड, देउवा र शेखरको प्रतिबद्धता

शनिबार, असोज २७, २०८०
honor २२ sept

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनका तीन नेताहरुले गठबन्धनलाई कमजोर नबनाउने बताएका छन् ।

X7D

आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइराला छलफल गर्दै कोशीमा मुख्यमन्त्री नियुक्तीको विषयले गठबन्धन कमजोर नहुने बताएका छन्। 

छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो। सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।

उनका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, देउवा र कोइरालाले लिखित सहमति नै गरेका छन् । जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं ।’

 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्