बाँकेका सिडीओ गृह मन्त्रालय तानिए, श्रवण पोखरेल बाँकेको नयाँ सिडीओ

बिहीबार, असोज २५, २०८०
honor mob  winter sales

काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य गृह मन्त्रालय तानिएका छन् । गृह मन्त्रालय अन्य  ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 

Honor x7 pad

बाँकेको नयाँ प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले श्रवण कुमार पोखरेललाई पठाएको छ। 

त्यस्तै सर्लाहीका प्रजिअ इन्द्रदेव यादवको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको छ।सर्लाहीमा दोलखाका प्रजिअ कोमल प्रसाद धमलालाई पठाइएको छ। 

दोलखाको प्रजिअ टुवराज पोखरेललाई बनाइएको   गृह मन्त्रालयले जनाएको छ ।  एक साता अघि नेपालगन्जमा धार्मिक  र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्य जिम्मेवारी बहन गर्न नसकेको भन्दै आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको हो।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्