एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी निर्विरोध निर्वाचित

बिहीबार, असोज २५, २०८०
honor mob  winter sales

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको  अध्यक्षमा अछाममा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन्। 

Honor x7 pad

अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा अन्य तीन जना अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि जैसी अध्यक्षमा निर्वाचित भएका हुन् ।जैसी अछामका पूर्वजिविससमेत सभापति हुन्।

त्यस्तै उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवारहरु हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेशको सचिवमा रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछिरणबहादुर चन्द निर्विरोध भएका हुन्।  

त्यसैगरि महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि भागिरथी विष्ट सर्वसम्मत भएकी छन्।  

नरबहादुर बिक खुला उपसचिवमा सर्वसम्मत  चयन भएका छन्। 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्