इजरायल-हमास युद्दमा हालसम्म २१ सयको मृत्यु

बुधबार, असोज २४, २०८०
Honor 600 pro

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाँकु समूह हमासबीचको लडाइँमा हालसम्म २१ सयको मृत्यु  भएको छ।

गत शनिबार हमासले इजरायल एक्कासी आक्रमण गरेपछि प्रतिकारमा उत्रिएको इजरायलले हमासविरुद्द धावा बोलिसकेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार हालसम्म २१ सय  जनाको ज्यान गइसकेको जनाएका छन्। 

इजरायलमा मात्रै १२ सय जनाको ज्यान  गएको छ । जसमा ४० जना नवजात बच्चासमेत हुन् । २३ सय मानिस घाइते भएका छन् । 

त्यस्तै गाजापट्टीमा १४० बालबालिकासहित ९ सय जनाको ज्यान  गएको छ । जसमा १२० जना महिला पनि हुन् ।  त्यसैगरी ३ हजार ७२६ जना घाइते भएका छन् । 

हमासको आक्रमणमा १२ अमेरिकी नागरिक, १० नेपालीसहित अन्य देशका कैयौं नागरिकले ज्यान गुमाएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्