एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि आज मतदान हुँदै

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

धनगढी  । आज  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको लागि मतदान हुँदैछ।

Honor x7 pad

अध्यक्षम तीन जनाबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै भएपछि निर्वाचन हुने भएको हो।। अहिले बिहानबाट शुरु हुने निर्वाचन प्रकृयामा तीन जनाले नै नेतृत्वको लागि उम्मेदवारी दिने तयारी गरेका छन् । 

सोमबार मध्यरातिसम्म प्रतिस्पर्धाका लागि दाबी गरिरहेका अछामका कृष्णप्रसाद जैशी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले आफ्नो दाबीलाई नछाडेपछि निर्वाचन प्रकृया शुरु भएको हो । 

सोमबार राति सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार आज साँझ ५ बजे मतदान हुनेछ । सोमबार  राति ८ बजेबाट उम्मेदवारको दर्खास्त फारम वितरण गरिएको थियो । 

अहिले बिहान ७ बजेबाट फारम दर्ता गर्ने काम शुरु भएको छ । साथै अन्य निर्वाचन गतिविधि अगाडि बढाइएको छ । आइतबार उद्घाटन समारोह सकिएको थियो । अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि त्यो सफल हुन सकेको छैन । 

तीन जना आकांक्षीमध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको र साँझसम्म सहमति हुनसक्ने एक नेताले जानकारी दिएका छन् ।

तर उनीहरुले अडान नछाडेपछि अधिवेशन लम्ब्याएर नराख्ने भन्दै प्रकृया शुरु गरिएको हो । उद्घाटन सत्र सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौँ फर्किएका थिए । त्यसपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् । सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट छनोट भएका छन्। 

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका छन् ।  सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीका १ सय १७ जना प्रतिनिधि छन् ।  

यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेल्धुराबाट १८ जना प्रतिनिधि रहेको अधिवेशन आयोजक कमिटिले जनाएको छ । 

यसपटक महासचिव आफैँ प्रदेश अधिवेशनमा खटिएकाले आफूले चाहेजस्तो व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्