नेपालगञ्जको निषेधाज्ञा र कर्फ्यु दिन प्रति दिन खुकुलो बनाइँदै

सोमबार, असोज २२, २०८०
honor mob  winter sales

नेपालगञ्ज । अघिल्लो साता अशान्त बनेको नेपालगञ्ज पुरानै लयमा फर्किन थालेको छ । नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु दिन प्रति दिन खुकुलो बनाउँदै लगिएको छ ।

Honor x7 pad

सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।

दिउँसो कर्फ्यु  हटाएर निषेधाज्ञा लागू गरिएको छ। असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कर्फ्यु कायमै राखिएको छ । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने छोट्याउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान एक सूचना जारी गर्दै मध्यान्ह १२ बजेदेखि राती १० बजेसम्म पाँच जना भन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी रहेको उल्लेख गरेको छ । राती १० बजेदेखि विहान ४ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दिउँसोको समयमा कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मध्यान्ह १२ बजेदेखि राती १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्