कोशीका मुख्यमन्त्री कार्कीले दिए पदबाट राजिनामा

शनिबार, असोज २०, २०८०
honor mob  winter sales

विराटनगर । विश्वास मत नपाउने निश्चित बनेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन्। कार्कीले कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि नै सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा दिएका हुन् । 

Honor x7 pad

उनले प्रदेशस भामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ–आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने चेतावनी दिँदै विश्वासको मत नलिने भन्दै राजीनामा दिने घोषणा घोषणा गरेका हुन् । 

उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

उनले राजीनामा दिने जानकारी गराएसँगै प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

अहिलेसम्म प्रदेशमा १६८ को ३ अनुसार एमालेले नेतृत्व सम्हालेको भए पनि अब भने १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान हुनेछ । 

प्रदेशमा भएका ९३ सदस्यमध्ये एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ तथा जसपाका १ सांसद रहेका छन् ।  

अब कोशीमा संविाधानको धारा १६८ (५) बमोजिम  प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो।

यसबाट सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्