रिगलको कैद मिनाह कानुन विपरीत भन्दै मानव अधिकारले गर्यो प्रधानमन्त्रीलाई पत्राचार

शुक्रबार, असोज १९, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालगन्जका योगराज ढकाल 'रिगल'लाई राष्ट्रपतिद्वारा दिइएको कैद मिनाह कानुन विपरीत रहेको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ। 

Honor x7 pad

आयोगले आज रिगललाई दिइएको कैद मिनाह मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्राचार गरेको छ।

सरकारले संविधान दिवसका अवसरमा चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेको आयोगले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई पत्राचार गरेको हो।

यस्तो छ आयोगको पत्र-

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्