नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति यथावत

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज विहान ८ बजेदेखि हटाइएको छ।

Honor x7 pad

अब कर्फ्यु राती मात्र कायम रहनेछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यु  आज विहान ८ बजेदेखि हटाइएको जनाएको छ । राती ८ बजेदेखि विहान ६ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु  आदेश जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दिउँसोको समयमा कर्फ्यु  हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको थियो ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु  आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्