Dashain Banner
Dashain Banner

नेपालगञ्जको कर्फ्यु केही खुकुलो, सामाजिक सद्भाव खलल नपार्न आग्रह

बुधबार, असोज १७, २०८०

बाँके ।  नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु  आदेश खुकुलो बनाइने भएको छ। 

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले अवस्था सामान्य बन्दै गएपछि कफ्र्यु आदेश खुकुलो बनाउँदै पूर्णरुपमा हटाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

बैठकले सामाजिक सद्भाव कायम राख्दै अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । यस्तै सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्यालीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 

बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । 

आज बसेको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहितराजनितिक दल, सांसद धवल शम्शेर राणा, प्रदेश सांसद कृष्णा केसी नमुना, नेपालगन्जका मेयर प्रशान्त बिष्ट , नेपाली सेना, लुम्बिनी  प्रहरी प्रमुख उमेश जोशी , लुम्बिनी सशस्त्र प्रहरी प्रमुख अभि खत्री, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्