स्पेनको 'ला फोन्डा' नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

सोमबार, असोज १५, २०८०
Honor 600 pro

काठमाडौं । स्पेनको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।

स्पेनको मुर्खिया शहरस्थित ला फोन्डा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनाका साथै १४ जना सम्पर्कविहीन भएका छन् ।

अत्याधिक भिडभाड भएको बेला आगलागी हुँदा भागदौडमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। स्थानीय समयअनुसार आइतबार बिहान ला फोन्डा नाइट क्लबमा लागेको आगो अन्य क्लबमा पनि फैलिएको हो।

आगलागी के  कारणले लागेको भन्ने बारेमा अझै नखुलेको त्यहाको स्थानीय प्रहरीले जनाएको छ। आगलागीका कयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्