एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

शनिबार, असोज १३, २०८०
honor mob  winter sales

काठमाडौं । कैलाश ढुंगेल नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । ढुंगेलले प्रतिद्वन्द्वी कृष्ण  प्रसाद दाहाललाई २५७ मतले पराजित गरेका हुन् । 

Honor x7 pad

शुक्रबार राती सम्पन्न मतगणनामा नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले ६९६ मत ल्याए भने  दाहालले ४३९ मत प्राप्त गरेका थिए।

त्यस्तै प्रदेश उपाध्यक्ष पदमा दावा दोर्जे लामा,  सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा निर्वाचित भएका छन् ।

अधिवेशनमा एक हजार १३५ मत खसेको थियो। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित थिए। 

 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्