एमालेले संसद चल्न नदिएपछि प्रतिनिधि सभा बैठक स्थगित

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेले  प्रतिनिधि सभाको बैठक  चल्न नदिएपछि आजको बैठक स्थगित भएको छ ।

Honor x7 pad

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्ष दल एमालेले संसद चल्न नदिएपछि आजको बैठक बस्दै नबसी सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको छ । 

संसदमा  उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । सभामुख घिमिरेले सदन खुलाउने प्रयास गरेपनि सम्भब नहुदा आइत्सम्मलाई बैठक स्थगित गरिएको हो।

यसअघि आजको राष्ट्रिय सभाको बैठकमा पनि नेकपा एमालेको अवरोधपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्