"महानगरबाट गरिबी लेखेट्नु पर्छ, गरिब होइन"

मंगलबार, असोज ९, २०८०
honor mob  winter sales

काठमाडौं । महानगरबाट गरिव नभई गरिवी लखेट्नु पर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले    बताएका छन् । 

Honor x7 pad

आज अध्यक्ष ओलीले सामाजिक सञ्जालमा सो कुरा बताएका हुन् । उनले समाधानको उपाय निकालेर काठमाडौँका फुटपाथमा रोजीरोटी गर्ने मानिसहरुको  व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

उनले फुटपाथ व्यापार नेवारी व्यापार संस्कृतिको अंश पनि रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन् ।

"हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुई मत छैन होला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनु भएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।"

उनले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही अस्वाभाविक हुने भन्दै महानगरबाट गरिव नभई गरिवी लखेट्नु पर्ने बताएका छन् । उनले लेखेका छन्- "अहिले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक र वैज्ञानिक पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनेँ। यो वार्ताबाट समाधान खोज्ने सङ्केत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । हामीले महानगरबाट गरिवी लखेट्नु पर्छ, गरिव होइन । समाधानको उपाय के हुन सक्छ, तपाईँहरूको विचार पनि राख्नुस् है"

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्