सरकारले तत्काल शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ: गगन थापा

शुक्रबार, असोज ५, २०८०
honor mob  winter sales

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली सत्ता गठबन्धन नेपाली कांग्रेसक महामन्त्री गगन कुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन्।

Honor x7 pad

काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौँ आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले सांसदबाट सच्याउनुपर्ने बताए। दीर्घकालीन रूपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले सांसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए।

साथै उनले तत्काल शिक्षकहरूको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्