क्यानडा र भारतको सम्बन्ध चिसिदै, क्यानडाबाट भारतले दिने भिसा सेवा बन्द

बिहीबार, असोज ४, २०८०
Honor 600 pro

काठमाडौं । क्यानडीयन सरकारले पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या घटनामा भारतका एक कुटनितिज्ञलाई देश निकाला गरेपछि भारतले पनि क्यानडाका एक कुटनितिज्ञलाई देश निकाला गरे पश्चात् दुबै देशको सम्बन्ध चिसिदै गएको छ।

भारत सरकारले क्यानडाका एक कुटनितिज्ञलाई निकाला गरेको केही दिनमै ओटावास्थित आफ्नो दूतावासबाट दिइने भिसा सेवा बन्द गरेको छ ।

क्यानडाको राजधानी ओटावास्थित भारतीय दूतावासले जारी गर्दै आएको भिसा सेवा अकस्मात बन्द गरेको जनाएको छ । आज दूतावासले अर्को सूचना जारी नभएसम्मका लागि भिसा सेवा बन्द गरिएको जानकारी दिएको छ।

भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई दूतावासले आग्रह गरेको छ ।

यस्तै भारत सरकारले क्यानडामा रहेका  भारतीय नागरिकहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्