१५ दिनभित्र भीआईपीलाई मापदण्ड विपरीत दिइएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन

बिहीबार, असोज ४, २०८०
honor mob  winter sales

काठमाडौं । सरकारले भीआईपीहरुलाई दिइएको सुरक्षाकर्मी, सवारी चालक र भान्सेहरुलाई फिर्ता गर्न संसदीय समितिले निर्देशन दिएको छ।

Honor x7 pad

 आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निर्देशन दिदै मापदण्ड विपरित भीआईपीहरुलाई दिइएको सुरक्षा अधिकृत, सवारी चालक लगायतलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । 

समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको हो।

त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरु प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

हाल भीआईपीहरुका नाम सयौंको संख्यामा प्रहरी , चालक र भान्सेहरुलाई मापदण्ड विपरीत राखिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्