Dashain Banner
Dashain Banner

स्थानीय तहका कर्मचारी पनि आन्दोलन गर्ने तयारीमा

बुधबार, असोज ३, २०८०

काठमाडौं । स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रने तयारी थालेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुका माग सम्बोधन गर्ने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिने तयारीका साथ कर्मचारीहरु आन्दोलनमा उत्रने बताएका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीका तर्फबाट आन्दोलन संयोजक दीपक गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कर्मचारीहरुले आफ्ना माग पूरा गर्न जिल्ला तहदेखि काठमाडौंमा आन्दोलन गर्ने विज्ञप्तिमा भनिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्