शेखरले देउवालाई भेटेर भने-' तपाईंसँग म कुरा गर्दैन,अब आफ्नै ढङ्गले अगाडि बढ्छु'

बुधबार, असोज ३, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापतिलाई भेटेर कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीलाई एकलौटी रुपम सञ्चालन गरेको कार्यशैलीमाथि असन्तुष्टि पोखेका  छन्।

Honor x7 pad

आज बिहान देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावीने दिएका हुन् ।

आज बिहान साढे ११ बजेदेखि १२ बजेसम्म कोइरालाले धुम्बाराही पुगेर सभापति देउवासँग कुराकानी गरेका थिए। कोइरालाले उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाई साथै लगेका थिए। महामन्त्री गगन थापा बिपी साहित्य महोत्सवमा व्यस्त भएकोले देउवा निवास गएका थिएनन्।

कोइरालाले सभापति देउवासँग पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका हुन्। 

‘तपाईं विधानअनुसार चल्नुभएन। नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ,’ कोइरालाले देउवासँग भनेका कुरा उद्धृत गर्दै एक नेताले भने, ‘सरकारमा जाँदा र मन्त्री पठाउँदा पनि जति समन्वय र छलफल हुनुपर्ने हो त्यति गर्नुभएन।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। संस्थापनइतर समूहले कम्तीमा ३ जना मन्त्री आफूहरूले पठाउन पाउनुपर्ने अडान लिएका थिए, तर सभापति देउवा तयार भएनन्।

कोशी प्रदेशमा सभामुखलाई मतदानमा सहभागी गराएर सरकार टिकाउन खोजेकाजस्ता गतिविधिमा सभापति संलग्न रहेको आरोप उनको थियो। ‘कांग्रेस संविधानभन्दा बाहिर जान हुँदैनथ्यो,’ उनले भने।

'तपाई यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ । जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु,’ कोइरालाले भने । जवाफमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको बताएका थिए । कांग्रेस संस्थापन इतरका नेताहरुको हिजो मात्रै छुट्टै भेला भएको थियो।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्