कांग्रेस संस्थापन इतरको बैठक बस्दै

मंगलबार, असोज २, २०८०
honor mob  winter sales

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले  बोलाएको संस्थापन इतर समूहको छुट्टै बैठक आज बस्दै छ ।

Honor x7 pad

नेता कोइरालाले १४औँ महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठक बोलाएका हुन् ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि नै आज  संस्थापन इतर समूहको बैठक बस्न लागेको हो।

बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न नेता कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् । 

आज दिउँसो बस्ने बैठकमा महामन्त्री विश्व प्रकाश शर्मा र युवा नेता प्रदिप पौडेल पनि सहभागी हुने बताएइको छ । बैठक कोइरालाको सचिवालयमा बस्दैछ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्