नेपाल ब्रसेल मिलन केन्द्रको आयोजनामा महिलालाई दरसँगै मनाइँयो तीज

मंगलबार, असोज २, २०८०
honor mob  winter sales

बेल्जियम । नेपाल ब्रसेल मिलन केन्द्र बेल्जियमले तीजको उपलक्ष्यमा बेल्जियमको राजधानी ब्रसेल्समा महिलाहरुलाई दर खुवाउने कार्यक्रमसँगै सोमबार तीज मनाइँएको छ।

Honor x7 pad

आइतवार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको दरखाने कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै प्रमुख अतिथी रमेश गैरेले बेल्जियमका सामाजिक संघ संस्थाहरुले प्रवासमा पनि दरखाने र तीज जस्ता कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण महिलाहरुलाई शुभ कामना व्यक्त गरे। 

नेपाल ब्रसेल मिलन केन्द्रका अध्यक्ष भीम सुबेदीले संस्थाले नेपालको कला संस्कृतिलाई परदेशमा पनि बचाई राख्न र दोश्रो पुस्तालाई पनि नेपाली धर्म संस्कृति, कला र पहिचनलाई जोगाई राख्न प्रत्येक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ तथा अध्यक्ष सीता सापकोटा, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरणकुमार खवास, संस्थाका संस्थापक अध्यक्ष पारस गौतम तथा निवर्तमान महासचिब सृजना कार्कीले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष शिब रेग्मीले सबैलाई स्वागत गरेका थिए। 

कार्यक्रममा गायिक मल्लिका काकीले तीज लगायत अन्य गीतहरु गायर उपस्थित नेपाली समुदायलाई भरपुर मनोरञ्जन प्रदान गराएकि थिईन । कार्कीले गायका तीजका भाखाहरुमा दर्शकहरु छमछमि नाँचेका थिए ।

कार्यक्रमको दोश्रो सत्रको शुभारम्भ साँस्कृतिक कार्यक्रमकी सदस्य पुष्पा गुरुङले गरेकि थिईन । 

कार्यक्रममा अन्दरलेख कम्युनका पुलिस एडभाइजर अमिर सनी तथा अन्दरलेख कम्युनवाट मारी जोन भिक्टर लगायत बेल्जियम स्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि एवंम् सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्