बेल्जियममा सुवास नेम्वाङको श्रद्धाञ्जली सभा हुँदै

आइतबार, भदौ ३१, २०८०
Honor 600 pro

बेल्जियम । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको बेल्जियममा श्रद्धाञ्जली सभा हुने भएको छ।

बेल्जियमस्थित प्रवासी नेपाली मञ्चद्वारा आयोजना भइरहेको स्व. नेम्वाङको श्रद्धाञ्जली सभामा बेल्जियममा बसोबास गर्दै आएका सबैलाई उपस्थित हुन अनुरोध गरेको छ।

प्रवासी नेपाली मञ्चले जारी गरिएको सूचनामा नेम्वाङको असमायिक निधनप्रति दुख व्यक्त गर्दै सेप्टेम्बर १९ का दिन बिहान १० बजे मंगलबार एन्टवेर्पेनस्थित आशीर्वाद रेस्टुरेन्टमा उपस्थित भइदिन सबैमा अनुरोध गरेको छ।

स्व.नेता नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता पनि हुनुहुन्थ्यो। नेम्वाङको भदौ २६ गते निधन भएको थियो।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्