गृह मन्त्रालयसँग राष्ट्रपति कार्यालयले माग्यो ३४ जनाको माफी मिनाहाको आधार

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं ।  ३४ जनालाई माफी मिनाहाको सिफारिस दिएको गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयले माफी मिनाहाको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

Honor x7 pad

गृह मन्त्रालयले संविधान दिवसको अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको थियो । तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।

शीतलनिवास स्रोतका अनुसार गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख गरिएको छैन।

त्यसकारण उनीहरूलाई माफी दिनुपर्ने कारण खुलाउन शीतलनिवासले गृह मन्त्रालयलाई पत्राचार गरेको हो। राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको निर्णयमा भने राष्ट्रपति कार्यालयले पास गर्नुपर्छ। गृह मन्त्रालयले भने पाँच दिन अघि नै ३४ जनाको सूची पठाएको थियो।

राष्ट्रपति कार्यालय निकट स्रोतका अनुसार गृहमन्त्रालय बाट माफी मिनाहाका लागि सिफारिस भएकाहरू ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका  मुद्दामा सजाय तोकिएका व्यक्ति  छन्।

तर गृह मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नगरेका कारण शीतलनिवासले कारण खोजेको हो।

गृहले कारण खुलाएर पत्राचार गरेपछि भने राष्ट्रपति कार्यालयले गृहको सिफारिस पनि पास गर्नेछ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्