शहरी विकासमन्त्री सीता गुरुङ्ग बेल्जियममा सम्मानित

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

बेल्जियम ।  नेपाल सरकारकी शहरी विकासमन्त्री सीता गुरुङ बेल्जियममा सम्मानित भएकी छिन् ।

Honor x7 pad

तमु समाज बेल्जियमले यहाको शैक्षिक शहर लुभेनमा आयोजित एक कार्यक्रममा शहरी विकास मन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गुरुङलाई सम्मान गरेको हो।

मन्त्री गुरुङले आफ्नो युरोप भ्रमणका क्रममा सम्झेर कार्यालयका बीच सम्मान गर्ने तमु समाज बेल्जियमप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिन।
त्यस्तै मन्त्री गुरुङले विदेशमा सिकेका ज्ञान र सिपलाई आफ्नो जन्म भुमि नेपालमा समेत लगानी गर्नुपर्ने बताएकी हुन् । विदेशमा सिएको सीप लाई आफ्नो जन्मभुमीमा  लगानी गर्दा धेरैजसो नेपालीहरु विदेशीने सम्भावना कम हुने समेत बताइन् ।

कार्यक्रममा निलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुंगाना ,  एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा ,नेपाली राजदुत गेहेन्द्र राजभण्डारी , तमु ह्युल छोज धिका केन्द्रीय  उपमहासचिव डिल गुरुङले तमु समाजले गरेको योगदान सर्हानिय रहेको बताएका थिए।

तमु समाज बेल्जियमले  गत १४ सेप्टेम्बरमा लुभेस्थित रेस्टुरेन्ट टेस्ट अफ एसियामा आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष सुर्य बहादुर तमु, आईसीसी सदस्य मदन दवाडी , एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङलगायत सयौंको नेपालीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्