यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठक विभिन्न ८ वटा  निर्णय  गरेको छ। 

Honor x7 pad

यस्ता छन् मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेका ८  निर्णय -

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय गरेको छ।

सिँचाइ नीति, २०८० स्वीकृत गर्ने। 

संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने ।

हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने। 

नेपाल नागरिकता -तेस्रो संशोधन नियमावली, २०८० स्वीकृत गर्ने। 

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने। 

सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्