प्रधानमन्त्रीले विदेश भ्रमण बारे जानकारी गराएपछि प्रतिनिधि सभा असोज १४ बस्ने गरी स्थगित

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

काठमाडौं ।  प्रतिनिधि सभा बैठक १६ दिनपछि बस्ने गरि स्थगित भएको छ। 

Honor x7 pad

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न अमेरिका  भ्रमणको बारेमा बैठकमा जानकारी गरएका थिए।

त्यस्तै प्रधानमन्त्रीले अमेरिकाबाट सिधै  चीन भ्रमणको बारेमा बैठकमा पनि बैठकमा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री भोलि अमेरिका प्रस्थान गर्दैछन् भने आगामी असोज ५ गते अमेरिकाबाट सिधै चीन भ्रमणमा जानेछन् ।

प्रधानमन्त्रीले विदेश भ्रमणको विषयमा जानकारी गराए पश्चात्  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको  अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्