आतंककारीको हमलामा भारतीय सेनाका कर्नेल, मेजर र प्रहरीका डीएसपी मारिए

बिहीबार, भदौ २८, २०८०
Honor 600 pro

नयाँ दिल्ली। भारतमा आतंककारी समूह र सुरक्षाकर्मीबीच भएको भिडन्तमा भारतीय सेनाका एक जना कर्नेल सहित एक मेजर र प्रहरीका डीएसपीको ज्यान गएको छ। 

भारतको जम्मु- कश्मिरमा बुधबार बिहान भएको आतंककारी र सुरक्षाकर्मीबीचको भीडन्तमा भारतीय सेनाका कर्नेल मनप्रित सिंह, मेजर आशिष धोचक र    जम्मु-कश्मिरका डिएसपी हुमायू भट्टको ज्यान गएको भारतीय गृहमन्त्रालयले जनाएको छ।

जम्मु- कश्मिरस्थित अनन्तनाग जिल्लामा संयुक्त सर्च अपरेसनका क्रममा आतंककारी समूह र सुरक्षाकर्मीबीच भीडन्त भएको हो। भिडन्तमा घाइते भएका सबै सुरक्षा फौजका अधिकृतहरुको उपचारका क्रममा अस्पतालमा ज्यान गएको गृहमन्त्रालयले जानकारी दिएको छ।

उक्त  घटनाको भारतमा प्रतिबन्धित आतंककारी समूह रेजिस्टेन्स फ्रन्टले जिम्मेवारी लिएको छ। उक्त भिडन्तमा आतंककारी समूहका केही आतंकबादी पक्राउ परेको बताइएको छ।

त्यस भिडन्तका क्रममा सुरक्षा फौजको मदतका लागि स्थानीयहरु पनि आतंककारी विरुद्द लडेका थिए 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्