राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि

बिहीबार, भदौ २८, २०८०
honor mob  winter sales

काठमाडौं । स्व. नेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

Honor x7 pad

आज दिउँसो  नेपाली सेनाको टुकडीले नेम्वाङको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ सलामी अर्पण गर्दै अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टि अघि  परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

त्यसपछि स्व. नेता नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोराले मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन् । दागबत्ती दिदै गर्दा नेपाली सेनाको टुकडीले शोक धुन बजाएको थियो।

सोमबार राति साढे १ बजे हृदयघातबाट निधन भएका  स्व. नेता नेम्वाङ  संविधानसभाका अध्यक्ष, एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलक उपनेता समेत थिए। 

नेम्वाङका दुवै छोरा विदेशमा रहेकाले आउन ढिलाइ भएका कारण आज दिउँसो  अन्त्येष्टि  गरिएको हो। उनको शव यात्रामा हजारौं समर्थकहरु गएका थिए।

आज नेम्वाङको अन्तिम संस्कारका दिन सरकारले देशभर शोक बिदा दिएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्