अन्त्येष्टिका लागि सुवास नेम्वाङको पार्थिव शरीरलाई पशुपति लगिँदै

बिहीबार, भदौ २८, २०८०
honor mob  winter sales

काठमाडौं । सोमबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष, एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलक उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अहिले अन्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिँदैछ।

Honor x7 pad

नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारबाट  आज बिहान १० बजे मुन्धुम परम्पराबाट अन्तिम संस्कार सकाएर अन्तिम संस्कारका लागि शव यात्रासहित पशुपति लगिएको हो।

नेम्वाङकोको हिन्दु परम्परा अनुसार केहीबेरमा  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो।

गत सोमबार बिहान साढे १ बजे हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित एमाले पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । बुधबार  दिउँसो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो । 

नेम्वाङका दुवै छोरा विदेशमा रहेकाल आउन ढिलाइ भएका कारण नेम्वाङको दाहसंसकार आजमात्र गर्न लागिएको हो । उनका कान्छा छोरा मंगलबार राति र जेठा छोरा बुधबार दिउँसो आइपुगेका थिए । 

आजको उनको अन्त्येष्टिमा सरकारले आज देशभर शोक बिदा दिएको छ। सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्दैछ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्