आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै

सोमबार, असार २५, २०८०
honor mob  winter sales

नेपालगन्ज  । आज दिउँसो ३ बजे  प्रतिनिधि सभा  बैठक बस्ने कार्यक्रम छ । सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक ३ बजे बोलाइएको हो। 

Honor x7 pad

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । 

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयतार्थ प्रस्तुत गरिनेछ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक,२०८० पेस गर्ने,राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा  उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आज बिहान ११ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ। राष्ट्रिय सभामा पनि नेकपा एमालेको अवरोधले बैठक स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्