विदेशबाट आइपुगे सुवास नेम्वाङमा दुबै छोरा, पार्थिव शरीरलाई घर लगियो

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका दुबै छोरा विदेशबाट काठमाडौं आइपुगेका छन् ।

Honor x7 pad

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् । कान्छा छोरा सुहाङ नेम्वाङ गए राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। 

दुबै छोराहरुले स्व. नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिएपछि नेकपा एमाले पार्टी कार्यालय च्यासलबाट आज दिउँसो नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको छ। 

निवासमा नेम्वाङलाई उनका आफन्त , इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम  रहेको छ । 

नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । भोलि नेम्वाङको अन्त्येष्टिमा सरकारले सार्वजनिक बिदा दिएको छ।

नेम्वाङको सोमबार राति साढे १ बजे हृदयघातबाट मृत्यु भएको थियो।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्