ट्रकले रोकिराखेको बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु, १२ जना घाइते

बुधबार, भदौ २७, २०८०
Honor 600 pro

नयाँ दिल्ली। भारतमा ट्रकले यात्रुबहाक बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ।

भारतको पश्चिममा रहेको राजस्थानमा गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले आज बिहान साढे ४ बजे ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा  १२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

जयपुर-आगरा रोड अन्तर्गत राजस्थानको भरतपुरको अन्टरा पुलमा आज बिहान ट्रकले डिजेल सकिएर  रोकिराखेको बसलाई पछाडिबाट ठक्कर दिंदा ११ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार  ट्रकले बस बाहिर उभिरहेका यात्रुलाई ठक्कर दिएको थियो।

राजस्थान प्रहरीका अनुसार मृतकाहरुमा ६ जना महिला र ५ पुरुष हुन् । प्रहरीले बताए अनुसार १२ जना घाइतेहरुको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्