सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीवार अन्त्येष्टि गरिने भएको छ।

Honor x7 pad

आज नेकपा एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेता नेम्वाङको बिहीबारमात्रै अन्त्येष्टि गरिने जानकारी दिएको हो। स्व. नेम्वाङका छोरा बुधबार साँझ मात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येष्टि गरिने भएको हो ।

विज्ञप्तिमा नेम्वाङको शव बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव निजी निवास बालुवाटारमा राखिने जनाइएको छ।

त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा बिहीबार बिहान ११ बजे दाहसंस्कार गरिनेछ । त्यस दिन सरकारले सार्वजनिक बिदा समेत दिने निर्णय गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्