अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका सुवासचन्द्र नेम्वाङ..

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

नेपालगञ्ज । स्वर्गीय सुवासचन्द्र नेम्वाङ वि.सं २००९ साल फागुन २८ गते जन्मिएका हुन् । उनले नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको छवि बनाएका थिए । 

Honor x7 pad

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य स्वर्गीय नेम्वाङ नेपालको संविधान २०७२ जारी हुँदा संविधानसभाका अध्यक्ष थिए । स्नातक अध्ययनका क्रममा वि.सं २०२८ सालमा अनेरास्ववियूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियू सभापति भएका थिए ।

वि.सं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेशन केन्द्र (माले) मा सङ्गठित भएका उनी एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

वि.सं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ वि.सं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, वि.सं २०६४ व्यवस्थापिका संसद्को सभामुख, वि.सं. २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।

वि.सं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक पटक गरी सात महिना थुनामा रहेका नेम्वाङले २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन मन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी वि.सं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वर्गीय नेम्वाङ वरिष्ठ अधिवक्ता समेत रहेका थिए ।

नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्