सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका भोलिसम्म पार्टी कार्यालयमा राखिने

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर  श्रद्धाञ्जलीका भोलिसम्म पार्टी कार्यालयमा राखिने भएको छ।

Honor x7 pad

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको पार्थिव शरीर केहीबेरमा ललितपुरस्थित  च्यासलस्थिल पार्टी कार्यालयमा लगिदै छ । 

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति १ बजे उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्