एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

Honor x7 pad

गए राति १ बजे हृदयघातबाट नेता नेम्वाङको निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएका नेम्वाङलाई चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै निधन भएको घोषणा  गरेका थिए।

उनी नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्