धौलीगंगा बाध खुक्ने भएपछि प्रशासनले जारी गर्यो सूचना

सोमबार, असार २५, २०८०
Honor 600 pro

बैतडी । भारतले धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनार क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलालले एक सूचना जारी गर्दै सीमा क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्न लागिएको हो। भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी दिएका छन्। बाँध खोल्दा महाकाली नदीमा जलसतह बढ्न जान्छ।

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्रका बासिन्दा प्रभावित हुनसक्ने भन्दै पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि नदीमा जलसतह बढ्नसक्ने जनाएको छ। 

Screenshot_20230710-081416_Chrome1688956319.jpg

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्