बेल्जियममा स्वतन्त्र प्रवासी सम्पर्क मञ्च गठन

शनिबार, भदौ २३, २०८०
honor mob  winter sales

बेल्जियम । बेल्जियममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास समिति स्वतन्त्र प्रवासी सम्पर्क मञ्च गठन भएको छ । 

Honor x7 pad

स्वतन्त्र प्रवासी सम्पर्क मञ्चको बेल्जियममा भएको भेलाले गठन गरेको हो । समितिको संयोजकमा कृष्ण दाहाललाई चयन गरिएको छ भने उपसंयोजकमा रमेश कंडेल र सचिबमा डाक्टर गोकर्ण पाण्डेयलाई चयन गरिएको छ । 

त्यस्तै केन्द्रीय सम्पर्क प्रतिनिधिमा याम निरौला र सदस्यहरुमा सुनिता गुरुङ्ग, घनश्याम काफ्ले, अर्जुन घिमिरे, दिपक न्यौपाने, सुन्दर पौडेल, हरि रोका र कृष्ण क्षेत्रीलाई चयन गरिएको छ । 

त्यसैगरी सल्लाहाकारहरु ब्रम्हदत्त वाग्ले, प्रकाश कार्की,  डिल्लीराम भण्डारी, अर्जुन दाहाल र माधव सापकोटालाई चयन गरिएको छ । 

मञ्चले दिएको जानकारी अनुसार नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरू पछि पनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन र विकास हुन नसकेको उल्लेख गर्दै पछिल्लो राजनीतिक परिवर्तनसंगै निर्माण भएको नयाँ संबिधानले कल्पना गरेको र जनताले अपेक्षा गरे अनुसार शान्ति, सुरक्षा, सुशासन र सम्बृद्दीको सपना साकार बनाउने लक्ष्य लिएर राष्ट्रिय हितलाई सर्वोपरी मानी जनताको जीवनस्तरमा सुधार ल्याउन आफुहरु प्रतिबद्ध हरेको जनाइएको छ । 

त्यस्तै पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि देश बाहिरबाट समेत सहयोग गर्नु सबैको दायित्व सम्झिएर बेल्जियमबासी नेपालीहरु मन जित्ने गरी सामजिक काम गर्ने, रास्वपा भित्र गैरआवासीय नेपालीहरूको आवाजको सुनुवाई हुने सुनिस्चितता प्रदान गर्ने र समग्रमा देशमा सुशासन र सम्बृद्दी हासिल गर्न योगदान गर्ने अभिप्राय सहित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम स्थापनामा जुटेको बताईएको छ । 

सचिब पाण्डेले गत ४ सेप्टेम्वरमा बेल्जियमको निनोभ शहरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम भेला तयारी समितिका संयोजक कृष्ण दाहालको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा रास्वपा प्रवास विभाग प्रमुख डोलप्रसाद अर्याल(डिपी अर्याल), रास्वपा प्रवास विभाग युरोप सदस्य तोयराज अधिकारीको भर्चुअल उपस्थितीमा स्वतन्त्र प्रवासी सम्पर्क मञ्च गठन गरिएको बताए । 

र स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम भेला तयारी समितिका अधिकांश सदस्य हरुको उपस्थितीमा बसेको शौहर्दपूर्ण बैठकले कृष्ण दाहालज्यू को संयोजकत्वमा निम्न लिखित ’स्वतन्त्र प्रबासी सम्पर्क मंच बेल्जियम’ तदर्श समिति गठन गरेको छ। 

मञ्च बेल्जियमका परम्परागत राजनीतिक दलहरु भन्दा नितान्त फरक र परिस्कृत ढंगले अघि बढ्ने र समुदाय भित्र एकता र सहकार्य बढाउदै विभिन्न सामाजिक गतिविधिहरूमा समर्पित हुने बताईएको छ । 

त्यस्तै मञ्चले पार्टिको मिसन ०८४ लाई फल बनाउन प्रवासबाट समेत सल्लाह तथा सहयोग गर्ने र गैरआवासीय नेपालीले आर्जन गरेको ज्ञान र शीपको उपयोग गरी राष्ट्रिय नीति र त्यसको कार्यान्वयन गरि समग्र देशको विकासमा योगदान गर्न समर्प्तित हुने जनाएको छ । 

मञ्चमा बेल्जियमको समाजमा आफ्नो राम्रो पहिचान बनाई सकेका नेपाली काँग्रेस, एमाले, माओवादी निकट व्यक्तिहरु प्रबेस गरेका छन् । उनीहरुको प्रबेससंगै बेल्जियममा विगतमा राजनैतिक दलहरुमा आबद्ध ठुलो समुह यसमा आउने संकेत समेत देखिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्