लुम्बिनीमा कांग्रेस प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्छ: अमरसिंह पुन

शनिबार, भदौ २३, २०८०
honor mob  winter sales

स्वर्गद्वारी (प्युठान) । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्  ।

Honor x7 pad

प्युठानको स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठकलाई सम्बोधन गर्दै सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरे। जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने पुनको भनाई छ । 

उनले पार्टी र प्रेस युनियनबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने भन्दै एकले अर्कोलाई भरथेग गर्नुपर्नेमा जोड दिए। सभापति पुनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने बताए । सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने पुनको भनाई छ ।

उनले पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने बताए । कांग्रेस बाँकेले प्रेस सल्लाहकार राखेर राम्रो कामको सुरुवात गरेको पुनको भनाई छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने बताए । 

विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियनबीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान ग्यापका विषयमा बोलेका थिए । 

वैठकको अध्यक्षता गरेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियनलाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने बताए। प्युठान शाखा अध्यक्ष मधुसुदन भण्डारीले स्वागत मन्तव्य ब्यक्त गरेको वैठकको संचालन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले गरेका थिए । 

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश भेला शुक्रबारदेखि स्वर्गद्वारीमा सुरु भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्