गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौंमा तरुण दलको प्रदर्शन

शुक्रबार, भदौ २२, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल तरुल दलले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

Honor x7 pad

तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको खुकुरी प्रहार गरिएको   विरोधमा आज विरोध प्रदर्शन गरेको हो ।

सहमहामन्त्री यादवलाई बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको विरोधमा आज तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै रत्नपार्कस्थित शान्ति बाटिकामा   प्रदर्शन गरेको हो।

उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

सहमहामन्त्री यादव खुकुरी प्रहारबाट गम्भीर घाइते  ट्रमा सेन्टरमा उपचाररत छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्