सरकारले गर्यो तीन सचिवको सरुवा

शुक्रबार, भदौ २२, २०८०
honor mob  winter sales

काठमाडौं । सरकारले  तीन जना सचिवहरुको सरुवा गरेको छ ।

Honor x7 pad

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ।

त्यस्तै नेपाल कानून आयोगकी सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्