कोशीका मुख्यमन्त्री थापा फेरि पदमुक्त, एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई फेरि  सर्वोच्च अदालतले पदमुक्त गरेको छ। 

Honor x7 pad

सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको छ। 

आजको सुनुवाइमा सर्वोच्चले आदेश दिदै आगामी  ४८ घण्टाभित्र कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो।

गत साउन १६ मा  कोशीको मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

प्रदेश सभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराउने सत्ता गठबन्धनको प्रयासलाई अदालतले फेरि असंवैधानिक ठहर गरेको हो। 

कोशीका मुख्यमन्त्री थापा दुई पटक सर्वोच्च अदालतबाट पदमुक्त हुने पहिलो मुख्यमन्त्री बनेका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्