‘के हामी काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो': गगन थापा

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको गहिरो अनुसन्धान गर्न सरकारसँग कांग्रेस सांसद एवं महामन्त्री गगन थापाले माग गरेका छन् ।

Honor x7 pad

आजको  प्रतिनिधि सभामा  बोल्दै सांसद थापाले यो घटनालाई एउटा सन्काहाले प्रहार गरेको भनी भाष्य निर्माण गर्न खोजिदै गरेको भन्दै यसप्रति आपत्ति जनाउँदै गम्भीर भएर यो घटना किन भयो, कसरी भयो, यसका बारेमा राम्रोसँग अनुसन्धान होस् भनी सरकारसँग माग गरेका हुन्। 

उनले गृहमन्त्रीलाई समेत प्रश्न गर्दै भने, ‘के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

सांसद थापाले ठाउँ ठाउँमा प्रधानमन्त्री र गृहमन्त्रीले बोलेको सुनेको भन्दै गम्भीर भएर भने, ‘यसलाई छाडिने छैन, यस्तो गरिने छ, म आग्रह गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामीले परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद छ, नागरिक छ ।’

‘सांसद नै काठमाडौँमा सुरक्षित हुँदैन भने प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’ थापाले भने।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्