लुम्बिनी प्रदेश सभा आज दिउँसो बस्दै

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

भालुवाङ(दाङ ) लुम्बिनी प्रदेश सभा आज बस्दैछ। प्रदेश सभा एक महिनापछि आज दिउँसो १२ बजे बस्न लागेको हो।

Honor x7 pad

आजको प्रदेश सभामा लुम्बिनी सरकारले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ अगाडि बढाउने तयारी गरेको बताइएको छ।

लुम्बिनी प्रदेश मामिला तथा कानून समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले उक्त विधेयकको विषयमा बनेको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने तालिका रहेको छ।

त्यस्तै आजको प्रदेश सभामा  विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेरसम्बन्धी जानकारी, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्